काठमाडौं ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेका छन् ।
आयोगले सोमबार मात्रै पत्राचार गर्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउबारे बुझ्न उनलाई बोलाएको थियो । आयोगको पत्राचारपछि खड्का अहिले आयोगको कार्यालयमा पुगेका हुन् ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले एसएसपी खड्का कार्यालयमा आएको पुष्टि गरे ।
शनिबार मध्यराति आफ्नै निवासबाट जबरालाई प्रहरीले पक्राउ गरेको थियो । १२ घण्टा प्रहरी नियन्त्रणमा राखेर उनलाई छाडिएको थियो ।उनको पक्राउबारे बुझ्न अपराध अनुसन्धान कार्यालय टेकु पुग्दा भेट गर्न नदिएपछि आयोगको टोली फर्केको थियो । यही विषयमा एसएसपी खड्कासँग आयोगले जवाफ माग गरेको छ ।














