पोखरा ।
देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव छ । मनसुनको न्यून चापीय रेखा भने हाल सरदर स्थानभन्दा दक्षिणतर्फ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (सोमबार) विहान देशका विभिन्न भागको मौसममा बदली आएको छ । कोशी र बागमती प्रदेशका सबै भूभागका साथै गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहँदा मधेस प्रदेशमा आंशिक बदली भएको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया बादल, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागको थोरै स्थानमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी भूभाग तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।














