चीनले पठाएको चौथो खेपको आपत्कालीन राहत सामग्री आइपुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं।

चीन सरकारका तर्फबाट प्रदान गरिएको चौथो ब्याचको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।

राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेनाको वायुसेवाको वाई–२०ए विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

विमानस्थलमा आयोजित हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुन सहभागी थिए।

नयाँ किस्ताअन्तर्गत प्राप्त राहत सामग्रीहरूमा मुख्य रूपमा उद्धार कार्यमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल पर्मानेन्ट म्याग्नेट फ्लड पम्प, थप ब्याट्री, मर्चरी फ्रिजर र सौर्य ऊर्जाबाट चल्ने बत्तीहरू रहेका छन्।

नेपालको अति आवश्यक आवश्यकतालाई ध्यानमा राखेर पठाइएका यी सामग्रीहरूले विपद् प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार तथा त्यसपछिका कार्यहरूमा ठुलो सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

  • २३ भाद्र २०८३, मंगलवार १४:५० प्रकाशित