रसुवा बाढी : ज्यान गुमाउनेको संख्या १३४४ पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ मा एक हजार ३४४ शव फेला परेको जनाएको छ ।

प्रहरीका अनुसार यो तथ्यांक शनिबार बिहान ५ बजेसम्मको हो । तथ्यांकमा अहिलेसम्म ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूषको शव फेला परेको छ । प्रहरीले आंशिक अंग फेला परेका ५०१ शव रहेको पनि जनाएको छ । प्रहरीका अनुसार अझै ४ हजार ८ सय ९८ जना सम्पर्कविहीन छन् ।

बाढीमा परी २५ जना प्रहरी सम्पर्कविहीन रहेका र ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका बताइएको छ । प्रहरीले बाढी प्रभावितको खोज, उद्धार र राहतका लागि सात हजार ९१२ जना परिचालन गरिएको पनि जनाएको छ ।

 

 

  • २० भाद्र २०८३, शनिबार १०:१५ प्रकाशित