रसुवामा बाढीमा फसेका १२ जनाको उद्धार

केन्द्रभाग मिडिया

काठमाडौं ।

रसुवा बाढीबाट प्रभावित भएका १२ जनाको नेपाली सेनाले उद्दार गरेको छ ।

नेपाली सेनाका अनुसार रसुवाका विभिन्न ठाउँहरुबाट हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको हो । अहिले नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।

यसका साथै नेपाली सेनाको मेडिकल टिमद्धारा पनि त्रिशुलीस्थित नं।१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरिएको बताएको छ ।

  • १० भाद्र २०८३, बुधबार १२:५९ प्रकाशित