स्याङ्जामा अवैध रुपमा बालुवा ओसारपसार गर्ने ट्याक्टरलाई जरिवाना

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जामा अवैध रुपमा बालुवा ओसार पसार गरिरहेको अवस्थामा एक टयाक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

आज प्रहरी चौकी दहथुम, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले भिरकोट नगरपालिका वडा नम्बर १ एकुवारबाट बयघारी तर्फ आउँदै गरेको ग १ त ७५८२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

ट्याक्टरले अवैध रुपमा बालुवा ओसारपसार गरेको भेटिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कानूनी कारबाहीको लागि भिरकोट नगरपालिकाको कार्यालय पठाइएकोमा १० हजार रुपैया जरिवाना गरी छाडिएको बताइएको छ ।

  • ४ भाद्र २०८३, बिहीबार १६:५८ प्रकाशित