आज अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (बिहीबार) अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ । आज अस्ट्रेलियन डलरको खरिददर घट्दा बिक्रीदर भने बढेको छ ।

हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको थियो भने युरो र पाउन्डको खरिददर बढ्दा बिक्रीदर घटेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा छ । हिजो युरो १ को खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ २९ पैसा र बिक्रीदर २०८ रुपैयाँ ११ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ७५ र बिक्रीदर २०७ रुपैयाँ ५६ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ७९ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ४३ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १७ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९० पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • ४ भाद्र २०८३, बिहीबार ०९:१५ प्रकाशित