काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य गिरावट आएको छ। साताको तेस्रो दिन आजर नेप्से परिसूचक ०.२६ अङ्कले घटेर २६२२.२२ विन्दुमा बन्द भएको छ।
आज दिनभरिमा ३४६ वटा कम्पनीका ४२ हजार ७०९ पटकको कारोबारमार्फत कुल ९५ लाख ८ हजार ८८२ कित्ता सेयरकिनबेच भएका छन्।
यसबाट कुल ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा ११० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १५० वटाको घटेको छ। १८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।












