जेनजी आन्दोलनमा संलग्न र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गर्दै सरकार

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले जेनजी आन्दोलनमा संलग्न भएका र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गरिरहेको छ । गृह मन्त्रालयका सचीव राजकुमार श्रेष्ठका अनुसार यो विषयमा छुट्टै समिति बनेर अध्ययन भइरहेको हो ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा गृह सचीव श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।बैठकमा समिति सभापति समीक्षा बास्कोटाले जेनजी आन्दोलनका क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा के भइरहेको छ भनेर सोधेकी थिइन् ।

जवाफमा गृहसचीव श्रेष्ठले अध्ययन भइरहेको बताएका हुन् ।जेनजी आन्दोलनको क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा समिति गठन भएर काम भइरहेको जानकारी उनले दिएका हुन् ।

 

  • २९ श्रावण २०८३, शुक्रबार १३:५२ प्रकाशित