आज सेयर बजारका सबै सूचक घटे

केन्द्रभाग मिडिया

काठमाडौं ।

मंगलबार सेयर बजार २१.१५ अंक घटेको छ ।

अघिल्लो दिन १.२० अंक घटेको बजारले साताको दोस्रो कारोबार दिन पनि गिरावटलाई निरन्तरता दियो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६६३ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिनभर नै नेप्से परिसूचक रातो रह्यो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७ करोडको भयो ।

आज ५८ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो ।

  • १९ श्रावण २०८३, मंगलवार १५:४३ प्रकाशित