पोखरा ।
आज सोमबार अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलरसहित कतिपय मुद्राको भाउ भने घटेको छ ।
युरो, पाउन्ड लगायत केही मुद्राको भाउ आज बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा छ । हिजो युरो १ को खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ९८ पैसा छ । हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













