स्याङ्जा ।
स्याङ्जाको पुतलीबजारमा सामाजिक सद्भाव र्याली गरिएको छ । देशको मेधश क्षेत्रमा धार्मिक सद्भाव बिथोलिएपछि स्याङ्जामा राष्ट्रिय एकताको सन्देश दिन र्याली आयोजना गरिएको हो ।
आइतबार बिहान पुतलीबजार नगरपालिका( १ स्थित रेडियोचोकबाट र्याली निकालिएको थियो । यसको नेतृत्व लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका कोषाध्यक्ष चन्द्रमणि पौडेलले गरेका थिए। समाजमा शान्ति, सद्भाव र आपसी सम्मान कायम राख्ने उद्देश्यले र्याली गरिएको नेतृत्व पक्षले जनाएको छ ।
र्यालीमा अन्दाजी २०० जनाको सहभागिता रहेको थियो । कार्यक्रम पूर्ण रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोजकले जनाएका छन् ।












