पोखरामा आज बिहान भएको दुर्घटनामा परि एक किशोरको ज्यान गएको छ ।
पोखरा १४ अनुपम टोलमा आज बिहान ट्याक्सी र स्कुटर एक आपसमा ठोकिँदा म्याग्दी रंघुगंगा घर भई पोखराको विजयपुर बस्दै आएका १७ वर्षीय संयोग भण्डारीको ज्यान गएको हो।घटनामा परी गम्भीर घाइते भएका भण्डारीको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ।
ग १ ज ९९३ नम्बरको ट्याक्सी र ग १५ प ५०५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएका हुन्। कार चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।













