काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
दूरसञ्चारसम्बन्धी कसुरमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार राती उनलाई धापाखेलबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता अनुपम शमशेर जबरा दिए ।
उनलाई आजै म्याद थपका लागि अदालत लगिने तयारी भएको समेत जबराले जानकारी दिए ।सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले उनीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने बताए ।
स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानी नोक्सानी पुर्याएको आरोप उनीमाथि छ ।













