अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (शुक्रबार) सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ १९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८८ पैसा छ । हिजो युरो १ को खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०५ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९८ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ५६ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ १५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ १० पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ६६ पैसा निर्धारण थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • १५ श्रावण २०८३, शुक्रबार ०७:४१ प्रकाशित