सुनसरी कप्तानगंज घटनामा घाईते अर्का युवकको पनि ज्यान गयो

केन्द्रभाग मिडिया

सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचारका क्रममा ज्यान गएको छ । विराटनगरको न्यूरो अस्पतालमा उपचाररत् देवानगञ्ज ३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो ज्यान गएको हो ।

मेहतालाई दिउँसो चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।योसँगै उक्त घटनामा मृतकको संख्या २ पुगेको छ ।उक्त घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरकै न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए ।

प्रदर्शनमा उत्रिएका युवाहरुले आगजनी र तोडफोड गर्न थालेपछि, मधेशको सिरहा र जनकपुरमा कर्फ्यू आदेश जारी गरिएको छ । सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

  • १४ श्रावण २०८३, बिहीबार १६:५६ प्रकाशित