स्याङ्जामा गोठ भत्किदा चौपायाको मृत्यु

केन्द्रभाग मिडिया

स्याङ्जामा गोठ भत्किदा चौपायाको मृत्यु भएको छ ।

आज बिहान १० बजे वालिङ नगरपालिका वडा नम्बर १४ हुग्दीकी माया कुवरको ढुङ्गा माटोले बनेको कच्ची गोठ भत्किदाँ एउटा बोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

गोठमा रहेका एउटा गाई र ५ वटा बाख्रा भने सकुशल रहेको र मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।

  • १३ श्रावण २०८३, बुधबार १७:०८ प्रकाशित