पोखरामा ब्राउनसुगरसहित २ जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १४ शुभकामना टोल बस्ने वर्ष ३३ का मनोज कुमार मग्राती र म्याग्दी अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १० मिलनटोल बस्ने वर्ष ३७ का विश्वास पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी विरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।

उनीहरुलाई हिजो साउन १२ गते साँझ साढे ५ बजेको समयमा प्रकाउ गरेको पासवानले बताए ।उनीहरुको साथबाट २३ ग्राम ९३ मिलिग्राम ब्राउन सुगर, दुई लाख एकासी हजार पाँस सय रुपैयाँ नगद र ४ वटा मोबाइल बरामद भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १४ छिनेडाँडामा लागूऔषधको कारोबार भइरहेको सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालयक रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि थपप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १३ श्रावण २०८३, बुधबार १५:५२ प्रकाशित