कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फस्दाँ तीन मजदुरको ज्यान गयो

केन्द्रभाग मिडिया

dead

बाँके ।

बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको ज्यान गएको छ।

स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा आज बिहान करिब ९ बजे उनीहरू फसेका थिए।

प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो। उक्त शवहरू परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।

ज्यान गुमाउनेमा बाँकेको कोहलपुर नगरपालिका–३ बस्ने अन्दाजी ४० वर्षीय कालु थारु, अन्दाजी २६ वर्षीय प्रकाश थारु र अन्दाजी ३३ वर्षीय बिर्जा थारु रहेका छन्।घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • १३ श्रावण २०८३, बुधबार १३:१७ प्रकाशित