काठमाडौं ।
अनसनको क्रममा स्वास्थ्य समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल पुर्याइएका प्राडा गोविन्द केसीलाई भेट्न सरकारी वार्ता टोली अस्पताल पुगेको छ ।
डा.जेपी अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडौल अन्तरिक छलफलपछि डा. केसीलाई भेट्न सेती अस्पताल पुगेका हुन् ।
प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार समेत रहेका जेअग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। देवकोटा र सचिव पौडेल शनिबार नै धनगढी पुगेका थिए ।
सरकारी वार्ता टोलीले डा. केसीसँग केहीबेरे पछि वार्ता गर्ने डा. केसीका सहयोगी डा. अमृत जैशीले बताए ।













