जेन्जी आन्दोलनमा कास्कीबाट फरार बालबन्दी पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

जेन्जी आन्दोलनमा कास्कीबाट फरार भएका बालबन्दी पक्राउ परेका छन् ।

२०८२ भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा बाल सुधार गृह सराङकोट कास्कीबाट फरार रहेका परिवर्तित नामथर ‘०८१/०८२ कास्की ४८’ बालबन्दीलाई प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती कसुरमा पुर्पक्षका लागि सुधार गृहमा थुनामा रहेका बालबन्दीलाई हिजो साउन ७ गते वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १३ माछापोखरीबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी विरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रहरीले जनाएको छ ।

  • ८ श्रावण २०८३, शुक्रबार १३:३४ प्रकाशित