पोखरा ।
पोखरामा हायसले मोटससाइकललाई ठक्कर दिदाँ एक युवाको ज्यान गुमेको छ ।
पोखरा १५ ढुंगेसाँघुस्थित सडकमा ग १ ज ८२५० नम्बरको हायस गाडीले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति मोटरसाइकल चालक १९ वर्षीय युवकको ज्यान गएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पोखरा १५, टुटुङ्गाका सौगात भन्ने लोकबहादुर गुरूङको उपचारका क्रममा आज बिहान ज्यान गएको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनलाई राती नै मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको थियो ।
दुर्घटनामा परि घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।













