आज पनि बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं।

सेयर बजार लगातार छैटौँ दिन पनि बढेको छ । मंगलबार सेयर बजार ७.२५ अङ्कले बढेसँगै बढ्ने क्रमले छैटौँ दिन पनि निरन्तरता पाएको हो। योसँगै बजार २७२६.४९ बिन्दुमा पुगेको छ।

आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको सेयर मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
मंगलबार ३४३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

  • ५ श्रावण २०८३, मंगलवार १५:५१ प्रकाशित