पोखरामा वीपी स्मृति दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

केन्द्रभाग मिडिया

पोखरा ।

४४ औं वीपी स्मृति दिवसको सन्दर्भमा नेपाली काँग्रेस कास्कीले विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता गरेको छ ।

अहिलेका युवाले वीपीबाट के सिक्ने ? भन्ने विषयमा आयोजित प्रतियोगितामा एसओएस् हर्मन माइनर विद्यालयकी प्रेरिका बराल प्रथम भएको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए।

प्रतियोगितामा लक्ष्मी आदर्श माविकी सम्झना बेलवासे द्दितिय, एसओएस कै अनुजा गौतम तृतिय र रामज्योती माविकी स्वेच्छा परियार सान्त्वना भएकी छन् । विजेतलाई क्रमशः १० हजार, आठ हजार, पाँच हजार र दुई हजार सहित प्रमाण पत्र वितरण गरिने छ । साउन ६ गते पार्टी कार्यालयमा हुने कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिने प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

निर्णायक मण्डलमा डा. यमनाथ तिमिल्सिना संयोजक र दिपेन्द्र पराजुली, कपिलमणी दाहाल सदस्य रहेका थिए । वीपी स्मृति दिवसकै सन्दर्भमा पोखराको पर्यटन सम्वन्धी पोलिसी लेखन प्रतियोगिता पनि सञ्चालन गरिएको छ ।

नेपाली काँग्रेस कास्कीका उपसभापति एवं कार्यक्रम संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सभापति किशोरदत्त बराल, सचिव देवेन्द्र रानाभाट, सहसचिव एवं प्रवत्ता नवीन सिग्देल, सहसचिव शंकर ढुगांना लगायतले बोलेका थिए ।

  • ४ श्रावण २०८३, सोमबार १६:०२ प्रकाशित