आज नेप्से परिसुचक एक महिनाकै उच्च

केन्द्रभाग मिडिया

काठमाडौं ।

सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको बजार यो साताको सुरुवातको दिन सोमबार ४१.७० अंक (१.५५ प्रतिशत) बढेको छ ।

लगातार दुई कारोबार दिनमै सेयर बजार १२० अंक बढेको छ । आजको वृद्धिसँगै नेप्से परिसूचक २७१९ अंकमा कायम भएको छ । आजको यो अंक एक महिनाकै उच्चतम हो । जेठ २९ गते २७२४ अंकमा रहेको नेप्से त्यसयताकै उच्चतम अंक सोमबार छोएको छ ।

दिनभरजसो बजार हरियो रह्यो । बन्द हुँदाको नेप्सेको अंक कारोबार अवधिभरको उच्चतम अंक पनि हो । यो सहित लगातार पाँचौं दिन बजार बढेको हो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको भयो । आज २३९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ५ को स्थिर रह्यो ।

  • ४ श्रावण २०८३, सोमबार १५:४३ प्रकाशित