आज कति छ सुनचाँदीको भाउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

सोमबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ तथा चाँदी ८० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिन ४ हजार २४० रुपैयाँ रहेकोमा आज ४ हजार ३२० रुपैयाँ कायम भएको छ ।

  • ४ श्रावण २०८३, सोमबार १२:०९ प्रकाशित