पोखरा । .
आज (सोमबार) अमेरिकी डलर र बहराइन दिनारको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही मुद्राको भाउ भने बढेको छ । बहराइन दिनारसहितका कतिपय मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा छ । हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५३ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर २०७ रुपैयाँ ४१ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ३६ र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ १७ र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ ०३ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ९८ पैसा छ । हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।
आज बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ७४ र बिक्रीदर ४०९ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ८५ र बिक्रीदर ४०९ रुपैयाँ ४४ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













