पोखरा ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विहान देशको तराई भूभागमा अधिकांश बादल तथा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा, गण्डकी र कर्णाली थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।













