पोखरा ।
आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ ।
विगत केही दिनदेखि सबैजसो विदेशी मुद्राको भाउ निरन्तर बढिरहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा छ । हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ८० पैसा र बिक्रीदर २०८ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ६९ र बिक्रीदर १०८ रुपैयाँ ११ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ३७ र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ ३६ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ३१ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ६१ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ०९ र बिक्रीदर ४०९ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ६९ र बिक्रीदर ४०९ रुपैयाँ २८ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













