आज सुनको मूल्यमा सामान्य वृद्धि

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर दुई लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्यमा ९० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ४३२५ रुपैयाँमा किनबेच भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४४ हजार ५ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७०८ रुपैयाँ कायम भएको छ ।

  • ३२ असार २०८३, बिहीबार ११:३३ प्रकाशित