स्याङ्जा ।
स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको ज्यान गएको छ ।
भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज विहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
यस्तै गोठ भत्किदाँ एक भैसी मरेको र एक बंगुर घाईते भएको प्रहरीले जनाएको छ।













