प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले मङ्गलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आजको बैठकमा सरकारका नियमित कामकारबाही र संसद्को बजेट अधिवेशन अन्त्य गर्नेबारे छलफल र निर्णय गर्न सक्ने बताइएको छ ।

  • ३० असार २०८३, मंगलवार १५:०५ प्रकाशित