काठमाडौं ।
मंगलबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार २ सय रुपैयाँ थियो ।
गत मंगलबार सुनको भाउ तोलामा २ लाख ८८ हजार रुपैयाँ थियो ।
चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३६० रुपैयाँमा झरेको छ । यसअघि गत सोमबार चाँदी ४ हजार ५५५ रुपैयाँ थियो ।













