काठमाडौं ।
सोमबार सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा झरेको छ । यस दिन बजार परिसूचक नेप्से ३०.६० अंक घटेसँगै २५७० अंकमा कायम भएको छ । नेप्सेको यो अंक गत मंसिर ४ गतेयताकै न्यून हो । सो दिन नेप्से २५६० अंकमा थियो ।
बजारमा उच्च गिरावट आउँदा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ६ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो । यो कारोबार रकम भने वैशाख ९ यताकै उच्च हो ।
आज दिनभरजसो बजार रातो रह्यो । २२ कम्पनीको मूल्य बढ्दा २४९ को घट्यो भने ४ को स्थिर रह्यो ।












