आज सुनको भाउ घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज सोमबार सुनको भाउ घटेको छ । आज सुन तोलामा २ हजार ८ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत सोमबार सुनको भाउ तोलामा २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा १०० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३७५ रुपैयाँमा झरेको छ । यसअघि गत सोमबार चाँदी ४ हजार ५८५ रुपैयाँ थियो ।

  • २९ असार २०८३, सोमबार ११:५८ प्रकाशित