सहमति बिना यातायात सम्बन्धी ऐन बने नमान्ने व्यवसायीको चेतावनी

यातायात क्षेत्रका समस्या प्रति प्रदेश सरकार सम्बेदनशील छ, यातायात प्रदेशको एकल अधिकारको क्षेत्र भएपनि संघ सरकारसंग सहकार्य गर्नुपर्छ : मन्त्री नेपाली

केन्द्रभाग मिडिया

पोखरा ।

यातायात व्यवसायीहरुले आफूहरुको सहमति बिना यातायात क्षेत्र सम्बन्धी ऐन बने नमान्ने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा सहभागी व्यवसायी नेताहरुले यस्तो चेतावनी दिएका हुन् । सरकारले चर्को जरिवाना शुल्क तोकेर यातायात सञ्चालन सम्बन्धी ऐन बनाउने तयारी गरिरहेका बेला त्यसप्रति असन्तुष्टि जनाउँदा उनीहरुले आक्रोस समेत प्रकट गरे ।

ट्राफिक नियम उलंघनकर्तालाई ५ हजारदेखि एक लाखसम्म जरिवाना शुल्क लिनेगरी यातायात सञ्चालनसम्बन्धी विधेयकको मस्यौदा तयार परिएको छ । त्यसलाई सुधार्नका लागि प्रधानमन्त्री बालेन्द्र शाह सँग भेट्न चाहे पनि नपाएको भन्दै महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले आक्रोस पोखे । उनले यसअघिका सरकारसँग भएको सहमति र तिनले दिएको प्रतिवेदनका आधारमा यातायात क्षेत्र सुधार्न सकिने बताए । यसअघिका भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठको पालामा एक वर्ष लगाएर प्रतिवेदन बनेको स्मरण गर्दै उनले भने, ‘त्यो प्रतिवेदन कार्यान्वयन हुने हो भने हाम्रो यातायात क्षेत्र कायापलट हुन्छ, अरु केहि गर्नै पर्दैन ।’

महासंघका बरिष्ठ उपाध्यक्ष ऐनकुमार साईले चर्को जरिवाना लिनु जनतामाथिको ज्यादती हुने बताए । उनले भने,‘पहिले सडक पूर्वाधार बनाउनुपर्छ, त्यसपछि जनताको आम्दानी बढाएर जीवनस्तर उकासेपछिमात्रै यतिधेरै जरिवाना लगाउनुहोला, नत्र अहिलेको अवस्थामा तिर्ने अवस्था छैन ।’

महासंघका अर्का वरिष्ठ उपाध्यक्ष केदार पौडेलले व्यवसायीसँग छलफल नै नगरी चर्को शुल्क लिने निर्णय भए मान्य नहुने चेतावनी दिए । उनले भने, ‘तिर्नै नसक्ने चर्को शुल्क मान्य हुनेछैन ।’

महासंघ गण्डकी प्रदेश अध्यक्ष महेशबहादुर थापाले गाडीको मूल्यभन्दा जरिवाना बढी लिनेगरी ऐन बन्न लागेको हल्लाले यातायात व्यवसायीहरु त्रसित बनेको बताए ।

कार्यक्रममा महासंघ ट्याक्सीका बर्गीय संयोजक प्रकाशमणी तिवारी, महासंघ गण्डकीका सचिव अर्जुन पौडेल, यातायात सम्बद्ध मजदुर संठनका नेता लगायतले सो अबसरमा बालेका थिए ।कार्यक्रममा गण्डकी प्रदेशबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान गरिएको थियो भने प्रदेशका कार्यसमिति सदस्यमा मनोनयन भएकाहरुलाई सफत खुवाइएको थियो ।

यातायात व्यवसायीका समस्या प्रति सम्बेदनशील छौं : मन्त्री नेपाली

यातायात क्षेत्र प्रदेश सरकारको एकल अधिकारको क्षेत्र रहेको भन्दै संघ सरकारसंग पनि समन्वय गर्नुपर्ने धारणा राखेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रमको उद्घाटन गर्दै उनले उनले यस्तो धारणा राखेका हुन् । संघीय कानूनसंग बाझिने गरी कानून बनाउन नहुने र त्यसप्रति आफूहरु सम्बेदनशील रहेको उनले सुनाए ।

उनले यातायात व्यवसायीसंग नै यातायात क्षेत्रलाई व्यवसायको संरक्षण गर्ने, यातायात क्षेत्रलाई व्यवस्थित मर्यादिन, प्रविधिमैत्री बनाउने र सुरक्षित बनाउने विषयमा व्यवसायीसंग सरकारसंग छ ।

यात्रुको जीवन रक्षाको विषय पनि दायितवको विषय रहेको बताए । उनले यातायात व्यवसायीले उठाएका विषय महत्वपूर्ण रहेको उनको भनाई थियो । प्रदेश सरकार यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा गम्भिर रहेको उनले सुनाए ।

  • २८ असार २०८३, आईतवार २१:१७ प्रकाशित