बझाङमा हिजो भएको जीप दुर्घटनाका ५ गम्भीर घाइतेको हेलिकप्टरमार्फत उद्धार

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

बझाङको सुंगुरे इलाकामा भएको जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।शनिबार भएको दुर्घटनामा गम्भीर घाइते भएका ३ महिला र २ पुरुष गरी ५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको हो ।

सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज मेडिकल कलेज पुर्‍याएको छ ।

यसरी उद्धार गरिएकामध्ये अझ गम्भीर २ जनाको सेनाकै हेलिकप्टरमा सुर्खेत लगिएको थियो ।शनिबार केदारस्यूँ गाउँपालिका–७ मा भएको दुर्घटनामा परेर तीन जनाको ज्यान गएको थियो।

ज्यान गुमाउनेमा विमला धामी, केलादेवी महल तर चक्र महत छन्।

  • २८ असार २०८३, आईतवार १६:५० प्रकाशित