काठमाडौं ।
नेपाली कांग्रेसले आफ्नो सङ्गठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यालयले मातहतका प्रदेश, जिल्ला तथा पालिका कार्यसमितिलाई परिपत्र जारी गर्दै अभियान समापन गर्ने जानकारी कार्यसमतिलिाई परपित्र जारी गर्दै अभयिान समापन गर्ने जानकारी दिएको हो ।
पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी परिपत्र अनुसार, १५ औँ महाधिवेशनको कार्यतालिका अन्तर्गत क्रियाशील सदस्यता फारम वितरण र नयाँ क्रियाशील सदस्यहरूको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि साउन ३ गतेसम्मको समयावधि थप गरिएको छ।
साउन ३ गतेसम्म युवा केन्द्रित विशेष अभियान अन्तर्गत जिल्ला र पालिकामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको कार्यावधि साउन ३ गतेसम्म रहनेछ। यस अवधिभित्र क्रियाशील सदस्यता वितरण लगायतका कार्यहरू सम्पन्न गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
साउन ४ गते पालिकामा खटिएका प्रतिनिधिहरूले जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिसमक्ष आफ्नो प्रतिवेदन बुझाउनु पर्नेछ। र साउन ६ गते जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४४ औँ स्मृति दिवसको अवसर पारेर जिल्ला कार्यसमितिहरूको आयोजनामा व्यापक सहभागितासहित ‘जरा अभियान’ को औपचारिक समापन कार्यक्रम गर्ने महामन्त्री पौडेलले परिपत्रमा उल्लेख गरेका छन् ।
परिपत्रमा केन्द्रीय कार्यालयले ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमिति, ७५३ पालिकाका प्रतिनिधि र पालिका कार्यसमितिलाई यस अभियानका बाँकी कार्यहरू समयमै सम्पन्न गरी समापन कार्यक्रम सफलतापूर्वक आयोजन गर्न निर्देशन दिएको छ।













