काठमाडौं ।
राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद समेत रहेका उनले सरकारका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।
‘जलिरहेको मान्छेलाई घिसारेर, अपराधी झैं घिसारेर हस्पिटल पुर्याइन्छ । त्यहाँ भएका पुलिसहरू गणेश नेपाली आगोमा जलिरहँदा भाग्छन्,’ सांसद विश्वकर्माले भने, ‘र, उसलाई अपराधी झैं घिसारेर लग्छन् । ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कडाभन्दा कडा कारबाही गरियोस् । बालेन सरकार राजीनामा दे ।’
उनले बालेन सरकारको क्रुरताका कारण मुगुका गणेश नेपालीले आगोमा जल्नु परेको पनि जिकिर गरे ।‘आगोमा जलिरहेको मान्छेलाई घिसारेर अस्पताल पुर्याइन्छ । यो क्रुर सरकार जसले गणेश नेपालीलाई मर्न बाध्य बनायो । गणेश नेपालीको मृत्यु भइसकेको छ,’ उनले भने, ‘यो क्रुर सरकारले कुर्सीमा टाँसी रहनु उचित हो कि होइन रु यदि, नैतिकता छ भने बालेन सरकारले तुरून्त राजीनामा गरेर सडकमा आओस् ।’













