प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक : मुख्यसचिव नियुक्तिबारे निर्णय हुनसक्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बुधबार दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा मुख्यसचिव नियुक्तिबारे निर्णय हुनसक्ने एक मन्त्रीले बताए । मुख्यसचिव सुमनराज अर्यालको कार्यकाल असार २६ गतेबाट सकिने भएपछि यसबारे निर्णय हुनसक्ने बताइएको छ ।

  • २४ असार २०८३, बुधबार १२:३९ प्रकाशित