मानव अधिकार हनन भएको भन्दै विस्थापित सुकुमवासीहरु पुगे मानव अधिकार आयोग

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरू उजुरी लिएर राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । आफूहरुको मानव अधिकार हनन् भएको भन्दै उनीहरू आयोग पुगेका हुन् । विस्थापित भएपछिको अवस्था लिएर उजुरी आएको आयोगका अध्यक्ष तप बहादुर मगरले जानकारी दिएका छन्।

उनले बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगले यस्तो जानकारी दिएका हुन । यो विषयमा पहिले पनि आयोगले सिफारिस गरेको उनले स्मरण गरे । ‘सुकुमवासी हटाउन सक्छ । तर, पहिले व्यवस्थापन गर्नुपर्छ भनेर आयोगले पहिले नै सिफारिस गरिसकेको छ’, अध्यक्ष मगरले भने, ‘तर, अहिले पनि यससम्बन्धि उजुरी आएको छ ।

सरकारले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूलाई होल्डिङ सेन्टरमा राखेको थियो । त्यहाँको अवस्थालाई लिएर समेत आयोगमा उजुरी आएको अध्यक्ष मगरले बताए ।

आयोग सदस्य मिहिर ठाकुरले सिफारिस कार्यान्वयनको अवस्था कमजोर रहेको बताए ।

  • २४ असार २०८३, बुधबार १०:५६ प्रकाशित