सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुवाहक हाइस कर्णाली नदीमा खस्यो

केन्द्रभाग मिडिया

सुर्खेत ।

सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक हाइस कर्णाली नदीमा खसेको छ ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त हाइस दुर्घटना भएको हो । कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो ।जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले गाडी नदीमा डुबेको बताए ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार टोली पुगिसकेको भए पनि गाडी नदीमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन ।

‘कोही घाइते वा अन्य व्यक्ति फेला नपरेकाले गाडीमा कति जना थिए भन्ने हुन्थ्यो,’ उनले भने । अहिले बेपत्ता गाडी र यात्रुहरूको खोजी कार्य जारी रहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

  • १८ असार २०८३, बिहीबार १३:१४ प्रकाशित