सुख्खा पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

केन्द्रभाग मिडिया

चितवन ।

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुईन खोलामा सुख्खा पहिरो खस्दा केही समय अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ।सडक डिभिजन भरतपुरका अनुसार बुधबार बिहान ११ः१५ बजेसम्म पहिरो पन्छाएर सडकमा सवारीसाधनको आवागमन सुचारु गरिएको हो।

सडक डिभिजनले सवारी चालकलाई आफ्नो लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि उक्त क्षेत्रमा थप पहिरो खस्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

  • १७ असार २०८३, बुधबार ११:५८ प्रकाशित