आज अमेरिकी डलरको भाउ घट्यो, अस्ट्रेलियन डलरको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (शनिबार) पनि अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारको भाउ घटेको छ । आज अस्ट्रेलियन डलरको घाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ६२ पैसा र विक्री दर १५१ रुपैयाँ २२ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ६४ पैसा र विक्री दर १५१ रुपैयाँ २४ पैसा थियो ।

आज युरो १ को खरिददर १७२ रुपैयाँ ६६ पैसा र विक्री दर १७२ रुपैयाँ ६६ पैसा छ । हिजो युरो १ को खरिददर १७२ रुपैयाँ ६७ पैसा र विक्री दर १७३ रुपैयाँ ३६ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिद दर १९९ रुपैयाँ ३४ पैसा र विक्रीदर १९९ रुपैयाँ १३ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिद दर १९९ रुपैयाँ १५ पैसा र विक्रीदर १९९।९५ रुपैयाँ १७ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ १४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०९ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ २४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ १६ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ११ पैसा छ । हिजो दिनार १ को खरिददर ३९९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०१ रुपैयाँ १६ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • ६ असार २०८३, शनिबार ०६:४१ प्रकाशित