अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (बिहीबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो पनि यी सबै मुद्राको भाउ घटेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ९५ पैसा र विक्री दर १५१ रुपैयाँ ५५ पैसा छ । हिजो खरिद दर १५१ रुपैयाँ र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा थियो ।

आज युरो १ को खरिददर १७४ रुपैयाँ ९५ पैसा र विक्री दर १७५ रुपैयाँ ६५ पैसा छ । हिजो खरिद दर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङको खरिद दर २०२ रुपैयाँ ३६ पैसा र विक्रीदर २०३रुपैयाँ १७ पैसा छ । हिजो १ को खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४९ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा छ । हिजो खरिद दर १०६ रुपैयाँ ८० पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ७३ पैसा पैसा छ । हिजो कुवेती दिनारको खरिददर ४९१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८९ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ९८ पैसा छ । हिजो बहराइन दिनारको खरिददर ४०० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • ४ असार २०८३, बिहीबार ०८:०५ प्रकाशित