अमेरिकी र अस्ट्रेलियनसहित सबैजसो मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो पनि यी सबै मुद्राको भाउ घटेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८४ पैसा थियो ।

आज युरो १ को खरिददर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा छ । हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७६ रुपैयाँ २४ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८२ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ८० पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८९ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ६७ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ६७ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • ३ असार २०८३, बुधबार ०७:१६ प्रकाशित