गोरखाका पर्यटन व्यवसायी गोरखा धुम्न निम्तो दिँदै पोखरामा

केन्द्रभाग मिडिया

 

पोखरा ।
गोरखाका पर्यटन व्यवसायी गोरखा घुम्ने निम्तो दिन पोखरा आइपुगेका छन् । ‘नेपाल घुम्न गोरखा जाऔं’ नारासहित होटल व्यवसायी संघ गोरखाको नेतृत्वमा व्यवसायी पोखरा आएका हुन । व्यवसायीले पृथ्वी होटल व्यवसायी समिति को सहकार्यमा आन्तरिक पर्यटन प्रवर्धनका लागि पर्यटन व्यवसाय तथा सरोकार निकायसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत पोखरामा सम्पन्न गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पोखरा चितवन लुम्बिनी जोडेर सिल्भर ट्रायङ्गलको अवधारणाको विकास भएको भएको बताए । उनले यसमा बन्दिपुर र गोरखालाई समावेश गर्ने पर्यटन बोर्डको सोच अनुरूप काम भइरहेको बताए ।

बोर्डले पोखरा र गण्डकीका सवै जिल्लामा रहेका पर्यटकीय स्थलको प्रवर्धन गर्ने योजना सहित आगाडि बढेको वताए । गोरखाको गोखनाथ बावा र भारतको गोरखपुर विच भाइचाराको सम्बन्ध विस्तार गर्ने सोचमा अफूहरू रहेको उनले सुनाए ।

होटेल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष भाइचन्द्र श्रेष्ठले पर्यटन गण्डकी प्रदेशको सम्पत्ति रहेको बताए ।
उनले गोरखा पुगेर नेपाललाई कसरी बुझ्ने भनेर प्रष्ट पार्नुपर्ने उल्लेख गरे । त्यसका लागि व्यापक रूपमा प्रचारप्रसार हुनुपर्ने उनको भनाइ थियो ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि एक अर्का शहरमा रहेका व्यवसायका बीचमा निरन्तर रुपमा अन्तरक्रिया अनुभव आदानप्रदान गर्नुपर्नेमा उनको जोड थियो ।

टान पोखराका अध्यक्ष कृष्ण आचार्यले पर्यटन क्षेत्रका व्यवसायी र सरोकारवालाको सहकार्यले नै पर्यटन प्रवर्धन हुने चर्चा गरे । जसरी गोरखाको प्रवर्धन गरिनु पर्ने थियो त्यसरी हुन नसकेको बताए । उनले पोखरा – गोरखा पर्यटकीय स्तरको सुविधा सम्पन्न बस समेत दैनिकरुपमा सञ्चालन गर्नुपर्ने आवस्यकता औंल्याए ।

होटल व्यवसायी महासंघ केन्द्रीय सदस्य बालकृष्ण न्युरेले
नेपालको इतिहास बुझ्न गोरखा जानुपर्ने तर, नेपालको वारेमा राम्रोसंग बुझाइनु पर्ने धारणा राखे ।

पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष अम्बिका घिमिरे ‘ अमृत’ ले गोरखामा आएका पर्यटक पोखरा र पोखरा आएका पर्यटक गोरखा जाने वातावरण बनाउनुपर्ने बताए ।

पृथ्वी होटल व्यवसायी समिती पोखराका अध्यक्ष मोति श्रेष्ठले पस्ताखालका कार्यक्रमले पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

पृथ्वी दर्शन गोर्खाका कार्यवाहक अध्यक्ष कृष्ण लामिछाने गोर्खा घुमेर मात्रै होइन बुझेरै फर्किनुपर्ने बताए । आदरणीय गण्डकी प्रदेशका पर्यटकीय स्थलहरूको एउटा छुट्टै प्याकेज बनाउनुपर्नेमा जोड दिए ।

 

 

  • २८ जेष्ठ २०८३, बिहीबार १४:०३ प्रकाशित