अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (बिहीबार) अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो पनि यी सबै मुद्राको भाउ घटेको थियो ।

राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा छ । हिजो युरो १ को खरिददर १७६ रुपैयाँ २१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९१ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा थियो।

विगत केही दिनदेखि अस्ट्रेलियन डलरको विनिमयदर निरन्तर घट्दै आएको छ ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ १३ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ०९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ५४ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ४१ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

  • २८ जेष्ठ २०८३, बिहीबार ०८:०१ प्रकाशित