आज नेप्सेमा सामान्य सुधार

केन्द्रभाग मिडिया

​काठमाडौं।

साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजार (नेप्से) मा सामान्य सुधार देखिएको छ । तीव्र उतारचढावकाबिच नेप्से परिसूचक २.५७ अङ्कले बढेर २७३६.१७ विन्दुमा पुगेर बन्द भएको छ ।

​आज बजार खुला भएदेखि नै उतारचढावपूर्ण रहेको थियो । सुरुवाती समयमा तीव्र वृद्धि देखिए पनि मध्याह्नपछि बजार केही दबाबमा परेको देखिन्छ । यद्यपि, अन्तिम समयमा बजार हरियो सङ्केतसहित बन्द हुन सफल भयो।

​बजारमा आज कुल ३५६ वटा स्क्रिप्सको सेयर खरिदबिक्री भएको छ । दिनभरि भएका ४९ हजार २४८ वटा कारोबारमार्फत कुल ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ७४ लाख ६३ हजार ३२७ रुपैयाँ बराबरको कुल कारोबार भएको छ।

​बजारमा आज कुल १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

  • २७ जेष्ठ २०८३, बुधबार १५:२८ प्रकाशित