आज तोलामा २ हजार १ सय रुपैयाँ घट्यो सुनको मुल्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

शुक्रबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन ३ लाख ११ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ९ हजार रुपैयाँ छ । गत शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आइतबार बजेटले भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याएपछि सुनको मूल्य अकस्मात वृद्धि भएको हो । भन्सार दरकै कारण प्रतितोला करिब २० हजार रुपैयाँ मूल्य थपिएको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार २८५ रुपैयाँ रहेको चाँदी आज ५ हजार २३० रुपैयाँमा झरेको छ । गत शुक्रबार चाँदीको भाउ प्रतितोला ५ हजार ४० रुपैयाँ थियो ।

  • २२ जेष्ठ २०८३, शुक्रबार ११:१४ प्रकाशित